३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

मधेसका मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने

मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) विश्वासको मत लिने भएका छन्।

आज साँझ पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले भोलि प्रदेश सभामा विश्वासको मतको प्रस्ताव राख्ने जानकारी गराएका हुन्। प्रदेशसभा सचिवालयलाई पत्र पठाएर विश्वासको मत लिन लागेको उनले बताए।

विगतमा सहयोग गरेका दलहरूले आफूलाई विश्वासको मत दिने उनको दाबी छ।

सोमबार सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवको नाममा परमादेश भएको थियो।

प्रकाशित: १६ मंसिर २०८२ १८:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App