१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

माधवको बचन: हामी जनतासँग जोडिन चाहन्छौँ, देशलाई रूपान्तरण गर्न चाहन्छौँ

नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सहसंयोजक माधवकुमार नेपालले आफूहरू रूपान्तरण भएर जनतामा जान चाहेको बताएका छन्। शनिवार नेकपाको बागमती स्तरीय सन्देश सभालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन्। 

‘हामी अरू पार्टीले पनि, हामीले पनि गरेका कमजोरी सच्याएर अगाडी बढ्न चाहिरहेका छौँ,’ नेपालले भने, ‘हामी इमानदारिताका साथ देशलाई रूपान्तरण गर्न चाहन्छौँ। नेपाली समाजलाई रूपान्तरण गर्न चाहन्छौँ, देशलाई परिवर्तन गर्न चाहन्छौँ।’ 

जनताका समस्या सम्बोधन गरेर नयाँ नेपालको निर्माण गर्न आफूले चाहेको उनले बताए। यही भावना राखेर सात प्रदेश र ७७ वटै जिल्लामा कार्यक्रम गरिरहेको उनले बताए। त्यसपछि पालिका र वडासम्म कार्यक्रम लगेर पार्टी जाने बताउँदै उनले भने, ‘यसरी हामी जनतासँग जोडिन चाहन्छौँ, जनतासँग एकाकार हुन चाहन्छौँ।’ 

प्रकाशित: ५ पुस २०८२ १४:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App