२२ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

लुम्बिनी प्रदेश सभाको बैठक बस्दै

लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशनअन्तर्गत पाँचौँ बैठक आज दिउँसो १ः०० बजे बस्ने भएको छ।

प्रदेशसभा सचिवालयद्वारा आज जारी सम्भावित कार्यसूचीअनुसार बैठकमा उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले ‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक’ सभामा पेस गर्ने छन्।

त्यसैगरी, बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले ‘जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए।

प्रदेश सभाको आजको बैठकको प्रारम्भमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा आफ्नो धारणा राख्ने छन‍्।

प्रकाशित: २२ चैत्र २०८२ ०९:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App