२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

सांसद्लाई स्थानीयको प्रश्न: 'रोनाल्डो’लाई रसुवाको पानी खुवाउने सपनाबाट ब्युँझिनुभएको भए रियालिटीमा फर्कने कि माननीयज्यू ?

नुवाकोटका प्रतिनिधिसभा सदस्य डा. अयुत्तम लामिछानेलाई नुवाकोटमा स्थानीयवासीले  विदुर नगरपालिका-८ को त्रिशूली-भैरमकोट-सीमाभञ्ज्याङ सडकखण्डको यस्तो हालतबारे सरकारको ध्यानाकर्षण गाएका छन्।  

वर्षाको पानीले सडक हिलाम्मे भएपछि अहिले यो सडकबाट  दैनिक नियमित आवतजावत गर्नेहरुले  निकै सास्ती भोग्नु परेको उनीहरुको गुनासो छ।  

सांसद लामिछानेलाई व्यंग्य गर्दै उनीहरूले सोधेका छन्, 'रोनाल्डो’लाई रसुवाको पानी खुवाउने सपनाबाट ब्युँझिनुभएको भए रियालिटीमा फर्कने कि माननीयज्यू ?

उनीहरुले यो सडक स्तरोन्नत्तिका लागि पहल गर्न विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा बोगटीलाई पनि आग्रह गरेका छन्।  

यो सडक हिँड्नलायक बनाउन र जनताको दैनिक यात्रा सहज बनाउने दायित्व पुरा गर्दै मोटरसाइकलमा यात्रा गर्ने नसकिने भैरम माविदेखि सीमाभञ्ज्याङसम्मको साढे २ किमी सडक तत्काल मर्मत गर्न उनीहरुले माग गरेका छन्।

प्रकाशित: २० श्रावण २०८३ १४:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App