राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। बुधवार महाराजगन्जस्थित देउवाको भाडाको निवासमा पुगेर लिङ्देनले भेटवार्ता गरेका हुन्।
भेटका अवसरमा देउवासँग आसन्न चुनाव, समकालीन राजनीतिका विभिन्न विषयहरूमा छलफल भएको राप्रपा स्रोतले बतायो।
भेटकै अवसरमा लिङ्देनले पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा राप्रपाद्वारा आयोजना हुने चियापान कार्यक्रमको निम्तो पनि दिइएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताएका छन्।
प्रकाशित: २३ पुस २०८२ १६:४७ बुधबार





