२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

महोत्तरीको जनजीवन सामान्य बन्दै

जिल्ला प्रशासन कार्यालयले जिल्लामा लगाइएको निषेधाज्ञा फिर्ता गरेसँगै जिल्लाको जनजीवन आजदेखि सामान्य बनेको छ। प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले निषेधाज्ञा फिर्ता गरिएसँगै आजदेखि जिल्लाको जनजीवन सामान्य बनेको हो। 

स्थानीयको चहलपहल बढेको छ भने हाटबजार, पसल, कलकारखाना, यातायात, शैक्षिक संस्था, सरकारी, गैरसरकारी कार्यालय, सङ्घसंस्था, बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा आएको छ। 

 यसैबिच, जेनजीको आन्दोलनका कारणमा जलेश्वर कारागारबाट भागेका चार सय ७६ कैदीबन्दी अझै फर्किएका छैनन्। गत मङ्गलबार राति जलेश्वर कारागारबाट पाँच सय ७६ कैदी फरार भएका थिए। एक सय जना कैदीबन्दी मात्र फर्केर आएका छन् भने चार सय ७६ कैदीबन्दी अझै फरार नै रहेका जेलर अशोक क्षेत्रीले जानकारी दिए। 

बुधबार कारागार प्रशासनले फरार कैदीबन्दीलाई फर्किन आह्वान गरेपछि आज बिहानसम्म चार भारतीयसहित एक सय जना कारागारमा आइसकेका र अझै आउने क्रम जारी रहेको उनले बताए। भागेका कैदीबन्दीलाई सुरक्षाकर्मीले खोजतलास गरिरहेको प्रमुख जिल्ला अधिकारी रिसालले बताए।  रासस

प्रकाशित: २९ भाद्र २०८२ ०८:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App