नेकपा (एमाले)का सचिव योगेश भट्टराईले च्यासललाई ललकार्ने र च्यासलबाट ललकार्ने कार्य बन्द गर्न आग्रह गरेका छन्।
सामाजिक सञ्जालमा लेख्दै सचिव भट्टराईले यस्तो आग्रह गरेका हुन्। उनले आपसमा विमर्श गरेर सहकार्य मार्फत समाधान खोज्नुपर्ने बताए।
यस्तै जबजको मर्म पनि यही नै भएकाले राष्ट्र, जनता र एमाले सबै एक ठाउँ उभिने आधार भएको उनको भनाइ छ।
उनले लेखेका छन्, 'च्यासललाई ललकार्ने, च्यासलबाट ललकार्ने, कृपया यो तरिका बन्द गरौँ, बसौं, आपसमा विमर्श गरौँ, सहकार्य मार्फत समाधान खोजौँ, जबजको मर्म पनि यही हो, राष्ट्र, जनता र एमाले, हामी सबै एक ठाँउ उभिने आधार!'
प्रकाशित: २७ असार २०८२ १०:१८ शुक्रबार





