२५ आश्विन २०८३ आइतबार
image/svg+xml
राजनीति

विपद् आएपछि उद्धार होइन, विपद् आउनुअघि नै तयारी गरौँ : ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बुढीगण्डकी र भोटेकोशीमा देखिएको बाढीपहिरोको अवस्थाबाट समयमै पाठ नसिके ठूलो क्षति हुन सक्ने चेतावनी दिएका छन्।

उनले खोला किनारका जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा सार्ने काम तत्काल सुरु गर्नुपर्ने बताएका छन्।

'बुढीगण्डकी र भोटेकोशीले देखाएको भयावह अवस्थाबाट अब पनि नचेते ठूलो क्षति हुन सक्छ,' उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, 'खोला किनारका जोखिमयुक्त बस्ती सुरक्षित स्थानमा सार्ने काम तत्काल सुरु गरौँ। हामी हिमनदी र हिमताल विस्फोटको उच्च जोखिममा छौँ।'

शाहीले सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरणका लागि सबैलाई सजग रहनसमेत आग्रह गरेका छन्। उनले भने 'विपद् आएपछि उद्धार होइन, विपद् आउनुअघि नै तयारी गरौँ। सबै सजग बनौँ।'

प्रकाशित: २५ आश्विन २०८३ १४:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App