प्रधानमन्त्री केपी शर्मा ओलीले कोदोको उत्पादन बढाउन र कोदोका परिकारहरू उपभोग गर्न आग्रह गरेका छन्।
आज कोदो दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन्। उनले कोदो नेपाली परम्परागत खाद्यान्न बाली मात्र नभइ यसको पोषणीय महत्त्व पनि रहेको बताएका छन्।
ग्लाइसेमिक इन्डेक्स कम हुने भएकाले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न, यसमा हुने फाइबरले हृदय स्वास्थ्य मजबुत बनाउन कोदोले मद्दत गर्ने उनको भनाइ छ। 'कोदो हाम्रो परम्परागत खाद्यान्न बाली मात्र होइन, यसको पोषणीय महत्त्व छ,' उनले भने, 'ग्लाइसेमिक इन्डेक्स कम हुने भएकाले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न, यसमा हुने फाइबरले हृदय स्वास्थ्य मजबूत बनाउन मद्दत गर्छ।'
यस्तै सिँचाइबिना नै उत्पादन हुन सक्ने यस्तो गुणकारी खाद्यान्नलाई प्रवर्द्धन गर्न सरकारले यस वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको समेत प्रधानमन्त्रीले जानकारी दिए।
'सिँचाइबिना नै उत्पादन हुन सक्ने यस्तो गुणकारी खाद्यान्नलाई प्रवर्द्धन गर्न सरकारले यस वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको छ,' उनले लेखेका छन्, 'कोदो उत्पादन बढाऔं, कोदोका परिकारहरू उपभोग गरौं! कोदो दिवसको शुभकामना!'
प्रकाशित: १६ श्रावण २०८२ १०:१२ शुक्रबार





