२९ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
राजनीति

संसदमा श्रम संस्कृति पार्टीको पुनः विरोध

प्रतिनिधिसभाको आजको बैठक सुरु हुनेबित्तिकै श्रम संस्कृति पार्टीका सांसदहरूले विरोध जनाएका छन्।  

श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गते नेपाल–भारत सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आएको छ। उक्त अभिव्यक्ति राष्ट्रिय हितविपरीत रहेको भन्दै त्यसलाई प्रतिनिधिसभाको रेकर्डबाट हटाउन माग गरेको छ।  

बैठकको सुरुवातमै सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए।   

प्रकाशित: २९ जेष्ठ २०८३ ११:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App