१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

कुलमानले भने: मैले राजीनामा दिन लागेको होइन

ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले आफूले राजीनामा दिन लागेको चर्चा निराधार भएको बताएका छन् ।  

सामाजिक सञ्जालबाट आफ्नो धारणा सार्वजनिक गर्दै उनले आफू तीन मन्त्रालयको जिम्मेवारीमा रहेको र निरन्तर काम गरिरहेको पनि उल्लेख गरेका छन् ।  

घिसिङले लेखेका छन्, ‘विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा मैले पदबाट राजीनामा दिँदै गरेको भन्ने प्रसारित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।’

उनले पदबाट राजीनामा दिन लागेको समाचारमा कुनै सत्यता नभएको पनि प्रष्ट्याएका छन् । उनले भनेका छन्, ‘मैले पदबाट राजीनामा दिन लागेको भन्ने कुरामा कुनै सत्यता छैन । जेन-जी पुस्ताको ऐतिहासिक आन्दोलनपछि विषम परिस्थितिमा बनेको सरकारको आशा र विश्वास पूरा गर्न म प्रतिवद्ध छु ।’

प्रकाशित: १७ कार्तिक २०८२ १७:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App