४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

रुपन्देहीमा चुनाव लड्न कुलमान अनिच्छुक: भन्छन्–एक्लै चुनाव जितेर केही हुन्न

उज्यालो नेपाल अभियन्ता कुलमान घिसिङले आफू रुपन्देहीको निर्वाचन लड्न नजाने बताएका छन्। शनिबार विदेशबाट फर्किएका घिसिङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै यस्तो बताएका हुन्। 

‘रुपन्देहीको कुरा जुन गर्नुभयो, म त्यतातिर जान चाहन्न,’ घिसिङले भने, ‘मैले भनिरहेको छु एउटा ठाउँमा एउटा व्यक्ति गएर धेरै सुधार हुने अवस्था पनि छैन ।’ आफूले एक ठाउँको विषयलाई हेरेर उज्यालो अभियान सुरु नगरेको पनि उनले बताए। ‘त्यसलाई धेरै महत्त्व दिएको छैन,’ घिसिङले भने।

नयाँ पार्टी खोल्ने वा पुरानै पार्टीमा जाने विषयमा पनि आफूले धेरै नसोचिसकेको घिसिङले बताए। ‘धेरै सुझाव आएका छन्, यो उज्यालो नेपाल अभियान भनेकै राम्रो व्यक्तिहरूको टिम आओस्, पार्टीभित्र होस्, पार्टी बाहिर होस,’ उनले भने, ‘डेलिभरी दिन सक्ने टिम बनोस्। छुट्टै व्यक्तिगत रूपमा कुनै प्रयास गरेर मात्रै हुँदैन। सामूहिक प्रयास हुनुपर्छ भन्ने नै हो।’ 

प्रकाशित: १४ भाद्र २०८२ १४:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App