कोशी प्रदेश सभाको बिहीबार दिउँसो १ः०० बजे बस्ने भनिएको बैठकको समय परिवर्तन भएको छ।
प्रदेश सभाको नवौँ अधिवेशनको १६औँ बैठक असार ११, असार १६ र आज पनि तोकिएको समय बस्न नसकेपछि कोशी प्रदेश सरकारको अनुरोधमा असार १९ गते शुक्रबार दिउँसो १ः०० बस्ने समय तोकिएको प्रदेशसभाका सचिव सुदर्शन खड्काले जानकारी दिए।
उनका अनुसार प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख अम्बरबहादुर विष्टले अर्को बैठक शुक्रबार १ः०० बजे बस्नेगरी समय निर्धारण गरेका हुन्।
आजको बैठकको कार्यसूचीमा ‘आर्थिक वर्ष २०८३र८४ को सेवा र कार्यका लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ अन्तर्गत सबै मन्त्रालयका विभिन्न शीर्षकमाथिे समूहीकृत रूपमा छलफल हुने उल्लेख थियो।
प्रकाशित: १८ असार २०८३ १५:५७ बिहीबार

