१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

देशको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै संसद्लाई सक्रिय बनाउन खुश्बुको आग्रह

प्रतिनिधिसभा सदस्य खुश्बु ओलीले देश गम्भीर आन्तरिक सुरक्षा चुनौतीको सामना गरिरहेको भन्दै प्रतिनिधि सभाको बैठक निर्धारित मितिमा बस्नुपर्ने बताएकी छन्। 

मंगलबार सामाजिक सञ्जालमार्फत उनले संवेदनशील परिस्थितिमा संसद् बैठक स्थगित गर्न नहुने बताएकी हुन्। उनले सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जमा भएको घटनालगायत समसामयिक विषयमा तत्काल संसद्‍मा व्यापक छलफल आवश्यक रहेको भन्दै साउन १४ गतेको बैठक यथावत हुनुपर्ने बताइन्। 

उनले संघीय संसद् सचिवालय र सभामुखसँग प्रतिनिधि सभाको बैठक यथाशीघ्र पूर्वनिर्धारित मितिमै आह्वान गर्न आग्रह गर्दै देशको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै संसद्लाई सक्रिय बनाउनु लोकतान्त्रिक उत्तरदायित्व र राष्ट्रिय आवश्यकता भएको बताएकी छन्। 

प्रकाशित: १२ श्रावण २०८३ १३:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App