२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

रास्वपा अधिवेशनका बेला संसद् स्थगित गरिएको भन्दै खुश्बु आक्रोशित, भनिन्: संसद् कुनै दलको सुविधाका लागि होइन

फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले लामो समय संसद् (प्रतिनिधिसभा) बैठक स्थगित गरिएको भन्दै प्रश्न गरेकी छन्। आइतबार सामाजिक सञ्जालमार्फत आक्रोश पोख्दै उनले संसदीय अधिवेशन यति लामो समयसम्म स्थगित गर्नुको वास्तविक औचित्य मागेकी हुन्।

उनले भनेकी छन्, ‘विगत पाँच दिनसम्म संवादको लागि कुनै आव्हान भएन।  समाधान खोज्ने कुनै पहल भएन। बरु सदनको लामो स्थगनले राष्ट्रिय मुद्दाभन्दा दलगत आवश्यकतालाई प्राथमिकता दिइएको गम्भीर आशंका पैदा भएको छ।’ 

यसबिचमा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा अधिवेशनका लागि सहजीकरण गरिएको उनको आरोप छ। 

उनले अगाडि भनेकी छिन्, ‘नेपालको सार्वभौम संसद् कुनै दल वा व्यक्तिको सुविधाका लागि होइन जनताको सार्वभौम इच्छाको प्रतिनिधित्व गर्ने सर्वोच्च लोकतान्त्रिक संस्था हो। लोकतान्त्रिक मूल्य र संसदीय मर्यादाको रक्षा गर्न यस्ता विषयमा संघीय संसद् सचिवालयको गम्भीर ध्यान जान आवश्यक छ।’

लोकतान्त्रिक मूल्य र संसदीय मर्यादाको रक्षा गर्न यस्ता विषयमा संघीय संसद् सचिवालयको गम्भीर ध्यान जान आवश्यक रहेको उनले बताइन्। गत मंगलबार बसेको संसद् बैठक सोमबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको थियो। 

हेर्नुस् उनको फेसबुक स्टाटस

यदि सदनको गतिरोध अन्त्य गर्न संवादको वातावरण बनाउने, राजनीतिक सहमति खोज्ने र सदनलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्य नै थिएन भने संसदीय अधिवेशन यति लामो समयसम्म स्थगित गर्नुको वास्तविक औचित्य के थियो? सदन स्थगित भएको आज पाँच दिन भइसक्यो। भोलि सदन खुल्दैछ, तर बिना कुनै उपलब्धि भोलि त्यही गतिरोधकै बिन्दुबाट सदन सञ्चालन हुने स्थिति छ। आखिर सदन कसका लागि र कुन प्रयोजनका लागि स्थगित गरियो?

प्रतिनिधिसभा नियमावली पारित गर्ने प्रक्रियामा प्रतिपक्षी दलका आवाज मात्र होइन, सत्तारूढ दलकै कयौँ सांसदहरूले दर्ता गरेका संशोधन प्रस्तावहरूलाई समेत बेवास्ता गरिएको भन्दै सदन अवरुद्ध भयो। त्यसपछि प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिले थप गम्भीर प्रश्नहरू जन्मायो। यी विषयमा प्रतिपक्षले राष्ट्रिय हित, संसदीय सार्वभौमिकता र जनप्रतिनिधिहरूको उत्तरदायित्व सुनिश्चित गर्न निरन्तर संवाद र जवाफदेहिताको माग गर्दै आए, र सदन अवरुद्ध भयो ।

विगत पाँच दिनसम्म संवादको लागि कुनै आव्हान भएन।  समाधान खोज्ने कुनै पहल भएन। बरु सदनको लामो स्थगनले राष्ट्रिय मुद्दाभन्दा दलगत आवश्यकतालाई प्राथमिकता दिइएको गम्भीर  आशंका पैदा भएको छ। यसबिचमा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा अधिवेशनका लागि सहजीकरण गरिएको छ। नेपालको सार्वभौम संसद् कुनै दल वा व्यक्तिको सुविधाका लागि होइन; जनताको सार्वभौम इच्छाको प्रतिनिधित्व गर्ने सर्वोच्च लोकतान्त्रिक संस्था हो। लोकतान्त्रिक मूल्य र संसदीय मर्यादाको रक्षा गर्न यस्ता विषयमा संघीय संसद् सचिवालयको गम्भीर ध्यान जान आवश्यक छ।

प्रकाशित: २४ जेष्ठ २०८३ ०९:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App