१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीलाई खुस्बुको प्रश्न : मन्त्रिपरिषद्‌मा किन पुरुषको बाहुल्यता?

नेतृ ओलीले देशको कार्यकारी पदमा पहिलो पटक महिला पुग्दा पनि सरकारमा महिला सहभागिता कम भएको भन्दै प्रश्न उठाएकी छन्। गत भदौ २७ गते प्रधानमन्त्री बनेकी सुशीला कार्कीले तेस्रो पटकसम्म मन्त्रिपरिषद् विस्तार गर्दा उनीसहित दुई जना मात्र महिला छन्। 

हालको मन्त्रिपरिषद् १० सदस्यको छ, जसमा दुई जना मात्र महिला छन्। यो विषयलाई लिएर युवा नेतृ ओलीले प्रश्न उठाएकी छन्। ‘महिला सक्षम र प्रतिस्पर्धी हुँदा पनि जब सरकारमा मन्त्रीको आँकडा ८ पुरुष : १ महिला रहन्छ, समस्या क्षमता होइन, सोच हो।’ 

एक अर्को पोस्टमा उनले भनेकी छन्, ‘मलाई लाग्थ्यो कि नेपालको राजनीतिमा महिलाको प्रतिनिधित्व कम हुनुको कारण भनेको शक्ति नेतृत्व गर्ने दलहरूको हरेक कुनामा, सरकार बनाउने, मन्त्रिपरिषद् भर्ने काममा पुरुषहरूको प्रभुत्व हुनु हो। तर आज, देश महिला प्रधानमन्त्रीको नेतृत्वमा हुँदा पनि वास्तविकता परिवर्तन भएको छैन।’ 

उनले अगाडि लेखेकी छिन्, ‘मैले सोचेको थिएँ कि परिस्थिति उल्टिनेछ, महिला नेतृत्वको अर्थ धेरैका लागि ठाउँ हुनेछ। तर फेरि एक पटक, प्रणालीले हामीलाई देखाएको छ कि अनुहार परिवर्तनको अर्थ सधैँ जगमा परिवर्तन हुँदैन।’

कार्की सरकारमा अहिले ओमप्रकाश अर्याल (गृह), कुलमान घिसिङ (ऊर्जा), रामेश्वर खनाल (अर्थ), बब्लु गुप्ता (खेलकुद), अनिलकुमार सिन्हा (उद्योग), सुधा शर्मा (स्वास्थ्य), जगदीश खरेल (सञ्चार), महावीर पुन(शिक्षा) रहेका छन्।

प्रकाशित: १० कार्तिक २०८२ १०:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App