राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनको जिल्ला सभापतिमा इन्जिनियर मिनी माधव खनाल निर्वाचित भएका छन्। आइतबार सम्पन्न जिल्ला अधिवेशनबाट खनालले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई फराकिलो मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन्।
निर्वाचनको अन्तिम मतपरिणामअनुसार खनालले २२२ मत प्राप्त गरी विजयी भए। उनका प्रतिस्पर्धी कृष्णप्रसाद भुसालले १११ मत र प्रकाश आचार्यले २२ मत प्राप्त गरेका थिए। उपसभापतिमा निर्मला गिरी १९० मतसहित निर्वाचित भएकी छन्। अन्य उम्मेदवारमध्ये टीकादत्त इटनीले ८४ मत र प्रभाकर जोशीले ७३ मत प्राप्त गरेका थिए।
त्यसैगरी सचिव पदमा तेजेन्द्रप्रसाद पौडेल १९४ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी नेत्र लामिछानेले १४५ मत प्राप्त गरेका थिए। सहसचिव पदमा कुशल पाठक १८७ मतसहित विजयी भए। सहसचिवका अन्य उम्मेदवार चुमबहादुर जीसीले ३७, पार्वती पाण्डेले ६९ तथा वेदप्रसाद आचार्यले ५४ मत प्राप्त गरेका थिए।
प्रकाशित: २५ जेष्ठ २०८३ ०९:०७ सोमबार





