२७ भाद्र २०८३ शनिबार
image/svg+xml
राजनीति

प्रहरी महानिरीक्षक कार्कीलाई बर्खास्त गर्न खगेन्द्र सुनारको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई तत्काल बर्खास्त गर्न माग गरेका छन्।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले करोडौँ भ्रष्टाचार आरोप लागेका कार्कीलाई पदबाट हटाउनुपर्ने माग गरे।

उनले प्रहरी महानिरीक्षक कार्की र उनको श्रीमती लगायतको ठूलो अधिकारीहरूमाथि भ्रष्टाचारको आरोप लागेको बताउँदै अख्तियारदेखि सार्वजनिक लेखा समितिहरूमा उनीहरुमाथि उजुरीको चाङमाथि चाङ खापिँदै गएको बताए।

उनले भने,‘करोडौँ भ्रष्टाचार गरेको आरोपको उजुरीहरू तल्लो दर्जाका प्रहरीहरूको जुत्ता, मोजा खाइदिएको आरोप उनीमाथि लागेको छ। करोडौँ करोड भ्रष्टाचार गरेको आरोप उनीमाथि लागेको छ।’

सांसद सुनारले सरकारले उनलाई के कारणले बचाइराखेको भन्दै प्रश्न गरे। उनले भने,‘ उनलाई बर्खास्त किन गरिरहेको छैन? उनीमाथि छानबिन किन भइरहेको छैन? म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

प्रकाशित: २६ भाद्र २०८३ १४:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App