२७ वैशाख २०८३ आइतबार
image/svg+xml
राजनीति

कांग्रेस आधिकारिकता गगन पक्षले पाउने केसीको दाबी

फाइल तस्बिर

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सर्वोच्च अदालतले पार्टीको आधिकारिकता सभापति गगन थापा पक्षलाई दिने विश्वास व्यक्त गरेका छन्।

सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विशेष महाधिवेशन नेपाली कांग्रेसको विधानको धारा १७(२) अनुसार वैधानिक रूपमा सम्पन्न भएको बताए।

केसीले वैधानिक अधिवेशनलाई निर्वाचन आयोगले यसअघि नै मान्यता दिइसकेको उल्लेख गर्दै अब सर्वोच्च अदालतबाट पनि सोही अनुरूप निर्णय आउने अपेक्षा रहेको बताए।

उनले भने, “संविधानअनुसार राजनीतिक दलहरू आफ्नै विधान र नियमअनुसार सञ्चालन हुन्छन्। त्यससम्बन्धी विवाद उठे निर्वाचन आयोगले हेर्ने व्यवस्था छ। आयोगले निर्णय दिइसकेको अवस्थामा सर्वोच्चबाट पनि त्यहीअनुसार फैसला आउँछ भन्ने हाम्रो विश्वास छ। हामी त्यसको प्रतीक्षामा छौँ।”

प्रकाशित: ४ वैशाख २०८३ २१:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App