राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले राज्यले कर्णालीमाथि गरिरहेको निरन्तरको उपेक्षा नरोकिए कर्णालीले आफ्नो अस्तित्वको खोजी गर्ने चेतावनी दिएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सांसद शाहीले कर्णालीले देशलाई भाषा, रगत र मत दिए पनि बदलेमा सधैं अपमान मात्रै पाएको बताए।
शाहीले कर्णालीको भूगोल र जनताको पीडालाई राज्यले उपेक्षा गरिरहेको तथ्याङ्कसहित प्रस्तुत गरे।
‘नेपालभर २० हजार किलोमिटर सडक कालोपत्रे हुँदा कर्णालीमा जम्मा ३ सय किलोमिटर मात्रै छ, जुन कुल सडकको १.५ प्रतिशत मात्र हो,’ उनले भने, ‘आज पनि बिरामीले अस्पताल पुग्न नपाउँदै बाटोमै ज्यान गुमाउनुपर्ने अवस्था छ। यदि राज्यले न्याय गर्दैन भने कर्णालीले आफ्नो अस्तित्व आफैं खोज्ने दिन आउनेछ।’
प्रकाशित: २९ वैशाख २०८३ १६:४५ मंगलबार





-600x400.jpg)