नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापा पार्टी लोकतान्त्रिक विधिबाट सञ्चालन नभएको बताएका छन्। पार्टी कार्यालय च्यासलमा सञ्चारकर्मीहरूसँग बोल्दै उनले प्रथम विधान महाधिवेशनदेखि अहिलेको विधान महाधिवेशनसम्म आइपुग्दा गरेको निर्णय अनुसार पार्टी नचलेको बताएका हुन्।
'दुई कार्यकाल पदाधिकारी भइसकेपछि तेस्रो कार्यकाल बस्न नपाउने र ७० वर्षको उमेर हद पूरा भएपछि कुनै पनि कमिटीको सक्रिय सदस्य हुन नपाउने व्यवस्था कायमै हुनुपर्छ भन्ने फरक मत राखेको थिएँ,' उनले भने,'त्यसैगरी पूर्व राष्ट्रपति भण्डारीको नवीकरण भइसकेको सदस्यता खारेज हुने निर्णय गलत छ र विधान विपरीत छ।'
आफूले फरक मत राखेको उनले बताए। उनले अगाडि भने, 'प्रथम विधान महाधिवेशनदेखि अहिलेको विधान महाधिवेशनसम्म आइपुग्दा गरेको निर्णय, भएका कामहरू, हाम्रा विधि, मूल्य मान्यता अनुसार पार्टी चलेको छैन। पार्टी लोकतान्त्रिक विधि अनुसार चलेका छैनन्।’
प्रकाशित: १९ भाद्र २०८२ १६:५८ बिहीबार



-600x400.jpg)

