२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

लिङ्देन झापा–३ मै चुनाव लड्ने, कमल थापा काठमाडौं उक्लिए

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन झापा–३ बाटै निर्वाचन लड्ने भएका छन्। पूर्व अध्यक्ष कमल थापा भने काठमाडौं–५ मा उम्मेदवार भएका छन्।  

राप्रपाले उम्मेदवारका टिकट टुंग्याउने क्रममा लिङ्देनलाई फेरि झापा–३ मै निरन्तरता दिने निर्णय भएको एक नेताले बताए। जहाँ उनी लगातार जित्दै आएका छन्।  

उता थापा भने यसअघि मकवानपुरबाट चुनाव लड्दै आएका थिए। उनी यसपटक काठमाडौं चढेका छन्। यस्तै अन्य नेताहरूमा उपाध्यक्ष बुद्धिमान तामाङ धादिङ–२ र विक्रम पाण्डे चितवन–३, काठमाडौं–३ मा सुन्दरसिंह बोहरा, काठमाडौं–४ मा डा. सुरेन्द्र भण्डारी, काठमाडौं–६ मा उद्धवराज भेटवाल, काठमाडौं–८ मा नवीन शाही र काठमाडौं–१० मा बलराम थापा उम्मेदवार हुने तय भएको राप्रपास्रोतले बतायो।  

प्रकाशित: ४ माघ २०८२ १७:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App