४ भाद्र २०८३ बिहीबार
image/svg+xml
राजनीति

उद्धव थापामाथिको कारबाहीप्रति कमल थापाको ‘नोट अफ डिसेन्ट’

राप्रपा नेता कमल थापाले बागमती प्रदेश सभाका संसदीय दलका नेता उद्धव थापामाथि गरिएको कारबाहीप्रति असहमति जनाएका छन्।

राप्रपाको कार्यसम्पादन समितिको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले थापालाई जबरजस्ती कारबाही गरेको भन्दै आपत्ती जनाएका हुन्।

पार्टीको उक्त निर्णयको विपक्षमा आफूले ‘नोट अफ डिसेन्ट’ दर्ता गराएको बताए। ‘केही साथीहरू पहिले नै तयारीका साथ आउनुभएको रहेछ। उहाँहरूले बागमती प्रदेश संसदीय दलको नेतालाई कारबाही गर्ने जबरजस्त निर्णय गर्नुभयो’, उनले भने,‘ म लगायत कतिपय साथीहरूले नोट अफ डिसेन्ट राखेका छौँ।’

उनले यसमा समिति बनाएर विस्तृत रुपले छानबिन गरी समितिको प्रतिवेदन अनुसार निर्णय ग।रन आग्रह गरिएको बताए।

प्रकाशित: ४ भाद्र २०८३ १७:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App