१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

कमल थापाको दाबी: आगामी निर्वाचनमा बालेनको पार्टीले बहुमत ल्याउँदैन

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा नेपाल)का अध्यक्ष कमल थापाले अहिलेकै निर्वाचन प्रणालीबाट कुनै पनि एक दलको बहुमत आउन नसक्ने दाबी गरेका छन्। बिहीबार एक कार्यक्रममा बोल्दै थापाले यस्तो बताएका हुन्। 

‘एक थरीले हल्ला गर्दै छन्–अब बालेन साहले पार्टी खोल्छन्,बालेनको पार्टी ठुलो हुन्छ,’ थापाले भने, ‘जति ठुलो भए पनि एउटै पार्टीले अहिलेको निर्वाचन प्रणालीअनुसार समानुपातिक र प्रत्यक्ष निर्वाचन प्रणालीको आधारमा बहुमत प्राप्त गर्न सक्दैन।’ 

त्यो अवस्थामा बालेन अथवा अन्य कोही नयाँ पार्टी खोल्ने व्यक्तिले पनि पुरानै नेपाली कांग्रेस र नेकपा एमालेकै सहयोगमा सरकार बनाउनुपर्ने उनले बताए। ‘के अर्थ आयो त्यसपछि भन्नुस् त?,’ थापाले प्रश्न गरे। 

प्रकाशित: ९ आश्विन २०८२ १५:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App