१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

जसपा नेपालले केन्द्रीय समिति बैठकमा निर्वाचनको सम्भावना, चुनौती र परिणामबारे छलफल गर्ने

जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीको केन्द्रीय समितिको बैठकमा प्रतिनिधिसभा सदस्यको निर्वाचनको सम्भावना, चुनौती र परिणामबारे छलफल हुने बताएका छन्।

पार्टीले आगामी कार्तिक १९ र २० गते काठमाडौंमा बस्ने गरी आह्वान गरेको बैठकका बारेमा धारणा राख्दै बस्नेतले उक्त कुरा बताएका हुन्।

बस्नेतले भने, ‘आसन्न निर्वाचन सम्पन्न गर्नका लागि दलहरूबीच राजनीतिक सहमति, निर्वाचनका सम्भावना र चुनौती, जनताका अपेक्षा र परिणाम, विदेशमा रहेका नेपालीहरूको मताधिकारको माग सम्बोधन गर्ने विषय तथा पार्टीको कार्यदिशाका बारेमा छलफल हुन्छ।’

सरकारले भ्रष्टाचारको छानबिन र निर्वाचन सँगसँगै लैजान सक्ने वा नसक्ने विषय पनि अर्को चुनौतिपूर्ण विषय रहेको उनको धारणा छ।

समसामयिक राजनीतिक विषय, सङ्गठनात्मक कार्ययोजनालगायतका एजेण्डमा पनि बैठक केन्द्रित हुने उनको भनाइ छ।

प्रकाशित: १३ कार्तिक २०८२ ०९:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App