जेएन-जीको प्रदर्शनका कारण काठमाडौंसहित मुलुकभर २० जनाको मृत्यु भएपछि ललितपुर प्रशासनले समेत निषेधाज्ञा जारी गरेको छ ।
प्रदर्शनका क्रममा हिंसात्मक गतिविधिलगायत हुलदंगा वा अशान्ति हुनसक्ने र सार्वजनिक शान्ति सुरक्षामा असर पर्न सक्ने भन्दै निषेधाज्ञा जारी गरिएको प्रशासनले स्पष्ट पारेको छ ।
सोमबार साँझ ६ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि सर्वसाधारण तथा सवारी साधन आवातजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, धर्नालगायतका कार्य गर्न प्रतिबन्ध लगाइएको ललितपुरका प्रमुख जिल्ला अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आदेशको उल्लंघन गरे कानुनी कारवाही गर्ने प्रजिअको चेतावनी छ ।

प्रकाशित: २३ भाद्र २०८२ १९:२२ सोमबार





