नेपाली कांग्रेसको संस्थापन पक्षका केन्द्रीय सदस्य जितजंग बस्नेतले विशेष महाधिवेशन कुनै पनि अवस्थामा नहुने बताएका छन्। मंगलबार फेसबुकमा अभिव्यक्ति दिँदै नेता बस्नेतले पार्टी सभापति शेरबहादुर देउवाकै हस्ताक्षरमा निर्वाचनमा जाने पनि बताए।
‘पार्टीको विशेष महाधिवेशन एक हुँदैन, दुई हुँदैन र तीन हुँदैन,’ नेता बस्नेतले लेखेका छन्, ‘ढुक्क हुनुहोस्, वर्तमान सभापति ज्युकै हस्ताक्षरमा पार्टी निर्धक्क निर्वाचनमा जान्छ।’
आजै महामन्त्री विश्वप्रकाश शर्माले ‘विशेष महाधिवेशनको ब्याक गेयर नहुने’ भन्दै अभिव्यक्ति दिएका थिए। त्यसको प्रतिवाद पनि केन्द्रीय सदस्य बस्नेतले गरेका छन्। ‘ब्याक गियर नभएको गाडी चढ्दा दुर्घटना सुनिश्चित छ,’ उनले लेखेका छन्।
प्रकाशित: ९ मंसिर २०८२ १७:०६ मंगलबार





