नेकपाका नेता झलनाथ खनालले वर्तमान राजनीतिक परिस्थितिमा कम्युनिस्ट एकताको कुनै विकल्प नरहेको बताएका छन्।
जननेता मदन भण्डारी को ७५औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले लामो समयपछि दुई ठूला वामपन्थी दलका नेताहरू एउटै मञ्चमा उपस्थित हुनु सकारात्मक संकेत भएको बताए।
खनालले समय र परिस्थितिले सबैलाई नयाँ ढङ्गले सोच्न बाध्य बनाइरहेको उल्लेख गर्दै अब विभाजनभन्दा सहकार्य र एकताको दिशामा अघि बढ्न आवश्यक रहेको धारणा राखे। उनले यही क्षणबाट वामपन्थी एकतालाई दीर्घकालीन र व्यवस्थित रूपमा अघि बढाउने पहल सुरु गर्नुपर्नेमा जोड दिए।
प्रकाशित: १४ असार २०८३ १५:३४ आइतबार





