डा. धवलशम्सेर राणाको नेतृत्वमा प्रस्तावित नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता हुने भएको छ।
पार्टीलाई आगामी आज (शुक्रबार) निर्वाचन आयोग, कान्तिपथ, काठमाडौंमा दर्ता गरिने सचिवालय प्रमुख सगुन सुन्दर लावतीले जानकारी दिएका छन्।
निर्वाचन आयोगमा आज दिउँसो १२ः३० बजे दल दर्ता हुने उनले बताए।
लावतीका अनुसार पार्टी दर्ताका लागि आवश्यक प्रक्रिया पूरा गरी आयोगमा दल दर्ता गराउन लागिएको हो।
प्रकाशित: २९ श्रावण २०८३ १०:०७ शुक्रबार





