२७ श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

‘जय नेपाल पार्टी’ साउन २९ गते निर्वाचन आयोगमा दर्ता हुने

डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईंको नेतृत्वमा प्रस्तावित ‘जय नेपाल पार्टी’ निर्वाचन आयोगमा औपचारिक रूपमा दर्ता गर्ने तयारी पूरा भएको जनाइएको छ।

पार्टी दर्ताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको भन्दै साउन २६ गते बसेको कार्यदलको निर्णयअनुसार साउन २९ गते शुक्रबार निर्वाचन आयोगमा दल दर्ताको प्रक्रिया अघि बढाइने जानकारी दिइएको छ।

राणाले नयाँ प्रस्तावित दलसँग आबद्ध नेता–कार्यकर्ता, आबद्ध हुन चाहने व्यक्तिहरू तथा शुभेच्छुकलाई दल दर्ताको कार्यक्रममा सहभागी हुन आह्वान गरेका छन्।

दल दर्ताको कार्यक्रम शुक्रबार दिउँसो १२ः१५ बजे निर्वाचन आयोग, कान्तिपथ, काठमाडौंमा हुने जनाइएको छ।

राणाले उक्त अवसरलाई नयाँ राजनीतिक दलको औपचारिक यात्राको सुरुवातका रूपमा लिँदै पार्टीसँग सम्बन्धित सम्पूर्ण पक्षलाई उत्साह र उमंगका साथ उपस्थित हुन आग्रह गरेका छन्।

प्रकाशित: २७ श्रावण २०८३ १९:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App