श्रम सँस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले गृहमन्त्री सुधन गुरुङलाई रजीनामा दिन सुझाव दिएका छन्।
मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो सुझाव दिएका हुन्। उनले नयाँनयाँ कुराहरू सुन्न आएमा मार्गप्रशस्त गर्न नै उपयुक्त हुने बताए। ‘उहाँको जहिल्यै नयाँनयाँ सुनिरहन्छ। त्यस्तो नहुँदा राम्रो हुन्थ्यो। हप्तामा दुई-तीन पटक सुनिरहिन्छ। घरि के घरि के, त्यसले गर्दा उहाँले मार्गप्रशस्त गरिदिँदा राम्रो हुन्थ्यो भन्ने सुझाव म दिन्छु,’ उनले भने।
सोही क्रममा उनले बालेन्द्र सरकारलाई सुकुम्बासीलाई दमन नगरी व्यवस्थित गर्ने, सीमा क्षेत्रलाई प्राथमिकतामा राख्ने, धनीको मात्र यो देश हो भनेर नभइ सबै नेपाली जनताको यो देश हो भन्ने प्रत्याभूत गराउनेलगायतका ३३ बुँदे सुझाव दिएका छन्।
प्रकाशित: ८ वैशाख २०८३ १४:०५ मंगलबार





