नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि मनोनीत १०८ जना प्रतिनिधिको विषयमा अध्यक्षका दाबेदार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गम्भीर असहमति जनाएका छन्।
पोखरेलका अनुसार हिजो (शुक्रबार) को सचिवालय बैठकमा १०८ जना प्रतिनिधिहरू आज (शनिवार) अध्यक्ष केपी शर्मा ओली र उनी बसेर टुंगो लगाउने सहमति भएको थियो। तर उक्त सहमति विपरीत एकलौटी ढंगले सूची प्रकाशित गरिएको पोखरेलले जानकारी दिएका छन्। उनका अनुसार आज प्रकाशित सूची हिजो ओलीले प्रस्तुत गरेको नामको सूची हो।
वरिष्ठ उपाध्यक्ष पोखरेलले हिजो आफ्नो समूहको तर्फबाट अलग सूची प्रस्तुत गरेका थिए। ती दुवै नामहरूबिचमा सहमति खोज्ने निर्णय भए पनि ओलीले आज एकल सूची निकालेको दाबी उनको छ।
प्रकाशित: २७ मंसिर २०८२ १३:१३ शनिबार





