२४ जेष्ठ २०८३ आइतबार
image/svg+xml
राजनीति

सूर्य थापाको अपिल: संवैधानिक परिषद्‍लाई चुरापोते उपहार पठाऔँ

नेकपा (एमाले)का नेता सूर्य थापाले योग्य र वरिष्ठताको सूचीमा रहेकी कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ललाई पाखा लगाएको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले  संवैधानिक परिषद्ले वरीयाता मिचेर सक्षम महिलामाथि अन्याय गरेको बताएका छन्। 

सामाजिक सञ्जालमा लेख्दै थापाले प्रधानमन्त्री बालेन शाह, सभामुख डोलप्रसाद अर्याल र कानुनमन्त्री सोबिता गौतमको निर्णय प्रक्रियामाथि प्रश्न उठाएका हुन्।  

‘वरीयाता मिचेर निर्णय गर्ने प्रधानमन्त्री, सभामुख र कानुनमन्त्रीलाई देशका महिलाहरूले हिलवाला लेडिज चप्पल, चुरापोते र टिकीको पार्सल गरी उपहार पठाएर सम्मान गर्नु उपयुक्त देखिन्छ। अब महिलाहरूको वास्तविक प्रतिरोध ताकत देखिनु आवश्यक भयो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । 

थापाले वि सं १९७४ मा तत्कालीन राणा शासनको विरुद्धमा सिरहाबाट बीपी कोइराला, मातृका कोइराला र मनमोहन अधिकारीका आमाहरूले चन्द्र शमशेरकी महारानीलाई फाटेका गुन्यू र चोली पार्सल पठाएर सांकेतिक विरोध गरेको बताउँदै वर्तमानमा पनि त्यसैगर्न भनेका छन्। 

प्रधानन्यायाधीश बन्ने रोलक्रममा रहेकी सपना प्रधान मल्ललाई संवैधानिक परिषद्ले सिफारिश नगरेपछि यस विषयले अहिले चौतर्फी चर्चा पाएको हो। 

प्रकाशित: २५ वैशाख २०८३ १५:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App