१२ आश्विन २०८३ सोमबार
image/svg+xml
राजनीति

चाडपर्वमा यात्रु आवागमन सहज बनाउन पूर्वाधार विकास समितिको बैठक

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले आगामी दशैं, तिहार र छठलगायतका चाडपर्वमा यात्रु आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउने विषयमा छलफल गर्ने भएको छ।

समितिको आज (सोमबार) बिहान ९ः३० बजे सिंहदरबारस्थित पूर्वाधार विकास समितिको बैठक कक्षमा बस्ने भएको हो।

बैठकमा चाडपर्वका बेला हुने यात्रु आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउने सम्बन्धमा छलफल हुने समितिले जनाएको छ।

बैठकको दोस्रो कार्यसूचीमा विविध विषय राखिएको छ।

प्रकाशित: १२ आश्विन २०८३ ०७:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App