१८ भाद्र २०८३ बिहीबार
image/svg+xml
राजनीति

पूर्वाधार विकास समितिको बैठक बस्दै, प्राकृतिक विपद्को असरबारे छलफल हुने

संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठक आज बस्दै छ। बैठक बिहीबार बिहान १० बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्ने भएको हो।

बैठकमा प्राकृतिक प्रकोपका कारण पूर्वाधार क्षेत्रमा परेको असरबारे छलफल गर्ने बताइएको छ।

समितिको सूचनाअनुसार बैठकमा प्राकृतिक प्रकोप र त्यसले पूर्वाधार क्षेत्रमा पारेको असर सम्बन्धमा छलफल हुने छ। त्यसैगरी बैठकमा विविध विषयमा समेत छलफल गर्ने कार्यसूची रहेको छ।

समितिले बैठकमा उपस्थित हुन सम्पूर्ण सदस्य तथा सम्बन्धित सबैलाई अनुरोध गरेको छ।

प्रकाशित: १८ भाद्र २०८३ ०७:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App