विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभासमक्ष पेस गरेका छन्।
भदौ १ गतेको बैठकले दफावार छलफलका लागि समितिसमक्ष प्राप्त भई भदौ ८ गतेदेखि समिति बैठकमा छलफल सुरु भएको थियो। खाद्य, उपभोक्ता, स्वास्थ्य र वातावरणको मौलिक हकको संरक्षणका लागि विधेयकमा व्यवस्था गरिएको छ।
समितिले सरोकार भएका सबै निकाय र नागरिक संस्थाका प्रतिनिधिसँग पनि सुझाव लिई प्रतिवेदनलाई अन्तिम रूप दिइएको सभापति रोकायाले बताए।
समितिको छलफलबाट विधेयकलाई थप समृद्ध बनाई प्रस्तुत गरिएको बताए। नेपाल नगरपालिका सङ्घ र गाउँपालिका महासङ्घका प्रतिनिधिलाई पनि प्रतिनिधित्व गराउने व्यवस्था पनि विधेयकमा गरी समितिले प्रतिवेदन तयार पारिएको सभापति रोकायाले बताए।
राष्ट्रिय सभाको अर्को बैठक असोज २ गते शुक्रबार १ः१५ हुनेछ।
प्रकाशित: ३१ भाद्र २०८३ १७:१८ बुधबार





-600x400.jpg)