६ मंसिर २०८३ आइतबार
image/svg+xml
राजनीति

नेपालमा सम्मान गारत नलिएका प्रधानमन्त्री शाहलाई दिल्लीमा भारतीय सेनाको सलामी

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा एउटा फरक दृश्य देखिएको छ। नेपालबाट भारत प्रस्थान गर्दा नेपाली सेनाको सम्मान गारत नलिएका प्रधानमन्त्री शाहले नयाँदिल्ली पुग्दा भने भारतीय सेनाको सलामी ग्रहण गरेका छन्।

दुईदिने राजकीय भ्रमणका लागि आइतबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाहलाई विमानस्थलमा भारतीय सुरक्षा निकायका तीनवटै अंगका सैनिक टोलीले सम्मान गारतसहित स्वागत गरेका हुन्।

नेपालबाट प्रस्थान गर्दा प्रधानमन्त्री शाहले कुनै औपचारिक सैनिक समारोहमा सहभागी नभई नेपाल एयरलाइन्सको नियमित उडानमार्फत दिल्ली यात्रा गरेका थिए। उनले नेपाली सेनाबाट सम्मान गारत ग्रहण नगरी सामान्य रूपमा भ्रमण सुरु गरेका थिए।

तर भारत पुग्दा त्यहाँको राजकीय स्वागत कार्यक्रमअन्तर्गत उनले भारतीय सेनाको सलामी लिएपछि यो विषय चर्चामा आएको छ।

प्रधानमन्त्री शाहले नेपालमा औपचारिक सैनिक सम्मान नलिने तर भारतमा भने त्यस्तो सम्मान ग्रहण गर्ने अवस्थालाई लिएर सामाजिक सञ्जाल तथा सार्वजनिक वृत्तमा विभिन्न टिप्पणी हुन थालेका छन्।

दुई देशमा प्रधानमन्त्रीको स्वागतका क्रममा देखिएको फरक शैलीले उनको भ्रमणको औपचारिकता र सैनिक सम्मानको अभ्यासबारे पनि चासो बढाएको छ।

प्रकाशित: ६ मंसिर २०८३ १७:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App