२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

स्वतन्त्र सांसद अमरेशकुमारले गरे रविको पक्षमा हस्ताक्षर

राष्ट्रिय स्वतन्त्र पार्टीले  असार पहिलो सातादेखि रवि लामिछानेको रिहाइ माग गर्दै हस्ताक्षर अभियान चलाइएको छ। अभियानअन्तर्गत हजारौँ नागरिकले हस्ताक्षर गरेका छन्।

 सडक, क्याम्पस, कर्पोरेट अफिसदेखि विमानस्थलसम्म हस्ताक्षर अभियान चलाइएको छ। यसै क्रममा स्वतन्त्र सांसद अमरेशकुमार सिंहलेपनि  रास्वपाको  हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाएका छन्।आइतबार पार्टीको केन्द्रीय कार्यालयमा पुगेर सिंहले हस्ताक्षर गरेका हुन्।  

सहकारी ठगी मुद्दामा लामिछाने अहिले भैरहवा कारागारमा छन्। लामिछानेको थुनालाई उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले राजनीतिक प्रतिशोध साँधेको रूपमा व्याख्या गर्दै आएको छ।

प्रकाशित: ११ श्रावण २०८२ १३:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App