जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले समावेशी राजनीति, सङ्घीयताको प्रभावकारी कार्यान्वयन र जनताको जीवनस्तर सुधार आफ्नो पार्टीको मुख्य एजेन्डा रहेको बताएका छन्।
जनकपुरधाममा बुधबार आयोजित कार्यक्रममा उनले मधेसको विकास र पहिचानका लागि पार्टी निरन्तर सङ्घर्षरत रहेको उल्लेख गर्दै जनताको विश्वास नै आफ्नो शक्तिको आधार भएको बताए।
त्यस अवसरमा विभिन्न पार्टी परित्याग गरी जसपा नेपालमा प्रवेश गरेका नेता–कार्यकर्तालाई स्वागत गर्दै यादवले विचार र एजेन्डामा सहमति हुनेहरूका लागि पार्टी सधैँ खुला रहेको बताए।
प्रकाशित: २२ माघ २०८२ ०९:५३ बिहीबार





