१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

‘नारा नै लगाउने भए सय सिट कटाउने नारा लगाऔं’

फाइल।

नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी निर्वाचनमा पार्टीले एक्लै बहुमत ल्याउने लक्ष्य राख्नुपर्ने बताएका छन्।

शुक्रबार कास्कीमा आयोजित एक सभालाई सम्बोधन गर्दै उनले ‘अबकी बार सय पार’ को नारा अघि सारेका हुन्।

सरकार बनाउने जोडघटाउमा लाग्नुभन्दा पार्टीलाई बलियो बनाएर बहुमततर्फ लैजानुपर्नेमा उनले जोड दिए।

कार्यकर्तालाई निर्देशित गर्दै थापाले भने, ‘अस्ति मधेस जाँदै गर्दा मैले साथीहरूलाई भनेको छु ‘अबकी बार यो सरकार’ भन्ने नारा लगाउन छाडिदिनुस्। नारा नै लगाउने भए ‘अबकी बार सय पार’ भन्ने नारा लगाउनुस्।’

सभापति थापाले १०० सिट कटाएर बहुमत ल्याउन असम्भव नभएको, तर त्यसका लागि कठोर परिश्रम आवश्यक रहेको बताए। टोलसम्म संगठन विस्तार भएको कांग्रेसका हरेक सदस्यले आफू स्वयंलाई उम्मेदवार ठानेर खटिनुपर्ने उनको भनाइ थियो।

‘बहुमतसम्म पुग्न सकिन्छ, तर दुःख र मेहनत गर्नुपर्छ,’ उनले थपे, ‘पार्टीको प्रत्येक सदस्यले म नै उम्मेदवार हो भन्ने ठानेर मेहनत गरौं।’

सम्बोधनका क्रममा उनले कांग्रेसले नै देशको नेतृत्व सम्हाल्ने र वर्तमान व्यवस्थामा देखिएका कमजोरी सुधार्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

प्रकाशित: २३ माघ २०८२ १६:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App