१२ आश्विन २०८३ सोमबार
image/svg+xml
राजनीति

खोलाछेउका बस्ती समयमै व्यवस्थापन गर्न नसके फेरि ठुलो जोखिम हुन्छ : बुर्लाकोटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद कविन्द्र बुर्लाकोटीले पछिल्ला बाढीका घटनाले खोलाछेउका बस्ती व्यवस्थापन गर्नुपर्ने रहेछ भन्ने चेत सबैमा खुलेको बताएका छन्।

सोमबार संसदमा बोल्दै उनले भने, ‘खोलाछेउका बस्ती हटाउँदा सरकारलाई खुब गाली गरियो। सरकारले त्यो गाली पनि सह्यो। व्यवस्थापनमा केही कमी कमजोरी रह्यो होला, त्यो सुधार्नुपर्ने छ।’

भदौ १० को भोटेकोशी बाढी र असोज १०–११ गते देशभर आएको बाढीले त्यस्ता बस्तीको जोखिम देखाएको उनले बताए। ‘अहिले पनि खोलाछेउका धेरै बस्ती बाँकी छन्। समयमै व्यवस्थापन गर्न सकिएन भने फेरि हामीले ठुलो जोखिम मोल्नुपर्ने हुन्छ,’ उनले भने।

प्रकाशित: १२ आश्विन २०८३ १४:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App