३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

बालेनलाई गिरफ्तार नगरे देशमा अराजकता र मुठभेड बढ्छ : विष्णु रिजाल

नेकपा एमालेका नेता विष्णु रिजालले काठमाडौंका मेयर बालेन साह देशमाथि खतरा बनिरहेका बताएका छन्।

बालेनलाई अविलम्ब गिरफ्तार नगरे देशमा अराजकता र मुठभेड बढ्न सक्ने उनले दाबी गरेका छन्।

नेपालमा गाँजा प्रतिबन्धित रहेको बताउँदै उनले गृहमन्त्री ओमप्रकाश अर्याललाई सिंहदरबार जलाउने बालेनलाई अविलम्ब गिरफ्तार गर्न माग गरेका छन्।

'बालेन साहले हद नाघ्दै गएका छन् र देशमाथि खतरा बनिरहेका छन्। नेपालमा गाँजा प्रतिबन्धित छ,' रिजालले सामाजिक सञ्जालमा लेखेका छन्, 'गृहमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबार जलाउने मतियार बालेनलाई अविलम्ब गिरफ्तार गर्नुपर्छ। नत्र अराजकता र मुठभेड बढ्छ।'

यो पनि पढ्नुहोस्

बालेनको स्टाटसले उनी कस्ता स्तरका हुन् भन्ने स्पष्ट भयो : महेश बस्नेत

प्रकाशित: १६ कार्तिक २०८२ ०८:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App