२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

मन्त्री पदमा धेरै बस्दिन, रातदिन काम गर्छु, तीन वर्षमा छोड्छु : महावीर पुन

नवनियुक्त विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आफू दिनरात नभनी काम गर्ने बताएका छन्।

मंगलबार सिंहदरबार पुगेर जिम्मेवारी सम्हालेपछि मन्त्री पुनले द्रुत गतिमा रात–दिन काम गर्ने प्रतिबद्धता जनाए।

‘यो विज्ञान प्रविधिको विकासको लागि ढिलो–ढिलो हिँडेर ठाउँमा पुगिँदैन, उनले भने,‘एकदम द्रुत गतिमा रात–दिन काम गरेर अगाडि बढ्ने हो। म यो पदमा धेरै बस्दिनँ पनि।’

यस्तै, उनले आफू बढीमा तीन वर्ष मात्रै जिम्मेवारीमा बस्ने बताए। तीन वर्षमा मन्त्रालयमा राम्रो जग बसालेर नयाँ युवा नेताहरूलाई हस्तान्तरण गर्ने उनको भनाइ छ।

‘यो सरकार ५ वर्षको हो। म बढीमा ३ वर्ष बस्ने यहाँ घोषणा गर्छु। जग बसालेर बलियो बनाएर नयाँ युवा भाइबहिनीलाई बनाउने हो।’, उनले भने।

प्रकाशित: २६ जेष्ठ २०८३ १८:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App