१७ श्रावण २०८३ आइतबार
image/svg+xml
राजनीति

५ वर्षसम्म संसदमा विरोध गर्छु : हर्क साम्पाङ

श्रम सस्कृति पार्टीको अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले संसदमा निलम्बन हुने डर नभएको र सरकारविरुद्धको विरोध गरिरहने बताएका छन्। 

साम्पाङले आफुले सोधेका प्रश्नमा सबन्धित मन्त्रीले जवाफ दिनुपर्ने भन्दै लगातार विरोध गर्दै आएका छन्। 

सरकार जिम्मेवार  नभएसम्म आफुहरु पछि नहने र पाँच वर्ष नै सरकारको विरोध गर्ने बताएका हुन्। उनले बुधबारको प्रतिनिधिसभाको बैठकमा सभामुखलाई नियम १५ को २ पालना गर्न समेत सुझाव दिएका थिए।  

‘जनताको लागि, सार्वभौम संसदका लागि, व्यवस्थाका लागि निलम्बन हुन तयार छु तर विरोध गर्न छाड्दिन,’ उनले सञ्चारकर्मीसग भनेका छन्। 

प्रकाशित: ६ जेष्ठ २०८३ १५:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App