१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

ओलीको प्रश्न : पालिका चलाउन नसक्नेलाई प्रधानमन्त्री बनाउने कुरा मजाक हो?

फाइल तस्बिर

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले ६० वर्ष लामो राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार नगरेको दाबी गर्दै आफूमाथि नियोजित प्रहार भइरहेको बताएका छन्।

झापा क्षेत्र नम्बर ५ का मतदातासँग कुरा गर्दै उनले आफू कुनै कमिसनको खेलमा नलागेको र देशको विकास तथा सुरक्षाका लागि सधैँ चिन्तित रहेको बताए। ‘मैले ६० वर्षको राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार गरिनँ र कहिल्यै गर्ने पनि छैन। म कमिसनखोर होइन, तैपनि ममाथि किन यति धेरै प्रहार हुन्छ ? म त सधैँ देशको सुरक्षा, विकास र जनताको धनजनको रक्षाका बारेमा मात्र सोचिरहन्छु,’ उनले भने।

अध्यक्ष ओलीले नयाँ शक्ति वा परिवर्तनका नाममा आएका तत्वहरूले देशलाई अन्योलतर्फ धकेल्न खोजेको बताउँदै परिवर्तन के हो भन्ने नै नबुझेका व्यक्तिहरूले देश बनाउने सक्षम शक्तिलाई रोक्न खोजेको तर्क गरेका छन्।

‘देश प्रयोगशाला हो? एउटा पालिका चलाउन नसकेर असफल भएकाहरूलाई प्रधानमन्त्री बनाउने कुरा मजाक हो?’ उनले प्रश्न गरे। देश बनाउन सफल र सक्षम नेतृत्वलाई छाडेर चिन्दै नचिनेका र असफल भइसकेकाहरूलाई भोट दिनु न्यायसङ्गत नरहेको समेत बताए।

प्रकाशित: १० फाल्गुन २०८२ ११:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App