२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

केपी ओलीलाई होइन, देशलाई जिताउन आएकी हुँ: ज्योति मगर

चर्चित लोक गायिका ज्योति मगरले आफू कुनै व्यक्ति विशेषलाई नभई देशलाई जिताउन चुनावी अभियानमा होमिएको बताएकी छन्। झापामा आयोजित नेकपा एमालेको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

उनले आफू देशको पक्षमा उभिन झापा आइपुगेको प्रष्ट पारिन्। कार्यक्रममा बोल्दै उनले भनिन्, ‘कलाकारले राजनीति गर्नु हुँदैन, चुनावमा उठ्नु हुँदैन भन्ने एक किसिमको हल्ला चलिरहेको छ। तर, यसपटक म केपी ओलीलाई होइन, देशलाई जिताउनका लागि यहाँ आएकी हुँ।’

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि लाग्ने गरेको दम्भको आरोपबारे पनि बचाउ गरिन्। ओलीको स्वभावलाई इमानदारिता बताउँदै उनले भनिन्, ‘केपी ओलीको दम्भ छ भन्छन्, खासमा इमानदारिता दम्भका साथ नै निस्किन्छ। सत्य र इमानदारिता जहिले पनि तीतो हुन्छ।’

उनले सत्य कुरा तीतो हुने भए पनि देशलाई अहिले त्यही तीतो सत्य चाहिएको तर्क गरिन्। 

प्रकाशित: १८ फाल्गुन २०८२ १६:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App