२० श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

नागरिक अगुवा डा. पाण्डेको निधनले अत्यन्त मर्माहत बनेको छु : दाहाल

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नागरिक अगुवा तथा पूर्वमन्त्री डा. देवेन्द्रराज पाण्डेको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै दाहालले डा. पाण्डेको निधनको खबरले आफू अत्यन्त मर्माहत भएको बताएका छन्। उनले दिवंगत डा. पाण्डेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा उनीप्रति सम्मान र स्नेह राख्ने सम्पूर्णमा हार्दिक समवेदना व्यक्त गरेका छन्।

'नागरिक अगुवा तथा पूर्वमन्त्री डा. देवेन्द्रराज पाण्डेको निधनको दुःखद खबरले म अत्यन्त मर्माहत बनेको छु।कीर्तिशेष डा. पाण्डेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। नेपालमा शान्ति प्रक्रिया र लोकतान्त्रिक गणतन्त्रको स्थापनासहित नागरिक स्वतन्त्रता, सुशासन र जनअधिकारको पक्षमा उहाँले पुर्‍याउनुभएको योगदान नेपाली इतिहासमा सदैव सम्मानपूर्वक स्मरणीय रहनेछ,' उनले भनेका छन्।

उनले नेपालमा शान्ति प्रक्रिया, लोकतान्त्रिक गणतन्त्रको स्थापना, नागरिक स्वतन्त्रता, सुशासन र जनअधिकारको पक्षमा डा. पाण्डेले पुर्‍याएको योगदान नेपाली इतिहासमा सदैव सम्मानपूर्वक स्मरणीय रहने उल्लेख गरेका छन्।

प्रकाशित: २ श्रावण २०८३ ०९:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App