नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सरकारले ल्याएको एक सय दिनको कार्यसूची राम्रो भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल एक्समा लेख्दै उनले यसको कार्यान्वयन पक्षमा विशेष जोड दिनुपर्ने बताएका हुन्।
भण्डारीले समयमै काम नगर्नु पनि भ्रष्टाचार हो भन्ने मान्यतालाई संस्कृतिमा रूपान्तरण गर्न जरुरी रहेको उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘कार्यान्वयन पक्ष सक्षम हुने हो भने बालेन्द्र सरकारको एक सय दिनको कार्यसूची राम्रो छ। तर समयमै काम नगर्नु पनि भ्रष्टाचार हो भन्ने मान्यतालाई संस्कृतिमा रूपान्तरण गर्न जरुरी छ। देश एउटै हो, समस्या साझा छन्। देश र जनताका लागि गरिने काम सबैको हो भन्ने चेतना बसाल्नुपर्छ।’
बालेन्द्र शाह नेतृत्वको सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक गरिएको थियो।
यो पनि पढ्नुहोस्
सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
प्रकाशित: १५ चैत्र २०८२ ०९:५२ आइतबार





