२० श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

‘राजनीतिभन्दा माथि मानवता’ : नेपालीको मृत्युमा सांसद डा. सिंहद्वारा निष्पक्ष छानबिनको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले गणेश नेपालीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सांसद सिंहले गणेश नेपालीलाई बचाउन गरिएको अथक प्रयासका बाबजुद उनको निधन भएको खबरले आफू स्तब्ध भएको बताएका छन्। उनले दिवंगतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्त तथा सम्पूर्ण शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

सिंहले यस्ता दुःखद घटना भविष्यमा पुनः नदोहोरिने वातावरण बनाउन सम्बन्धित निकायले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन्।

उनले आफ्नो सन्देशको अन्त्यमा, ‘राजनीतिभन्दा माथि मानवता हो’ भन्दै मानवीय संवेदनालाई सबैभन्दा ठूलो मूल्यका रूपमा लिन आग्रह गरेका छन्।

प्रकाशित: २६ असार २०८३ १४:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App