जेनजी अभियन्ता मिराज ढुंगानाले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा सांसदहरूको प्रश्नको प्रत्यक्ष उत्तर नदिएर भाग्दै हिँडेको बताएका छन्।
बुधबार प्रधानमन्त्रीले संसदमा नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची भए पनि अर्थमन्त्रीमार्फत जवाफ दिने तयारी भएको भन्दै उनले प्रधानमन्त्री भागेको आरोप लगाएका हुन्। 'प्रधानमन्त्री जनतासँग कहिलेसम्म भाग्ने?' उनले प्रश्न गरे।
सामाजिक सञ्जालमार्फत ढुंगानाले प्रधानमन्त्री बनेपछि लामो समयसम्म जनतासँग प्रत्यक्ष संवाद नगर्ने नेतृत्व ‘झन्डै दुई महिना बितिसक्दा पनि जनतासँग बोल्न आवश्यक नठान्ने मान्छेलाई के भन्ने होला?’ भन्दै प्रश्न गरे।
प्रकाशित: ३० वैशाख २०८३ १३:०० बुधबार





